Ad Image

मकवानपुरमा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

User Image मेयरसाप डेस्क | ३ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/WhatsApp Image 2025-06-13 at 4.54.56 PM.jpeg

काठमाडौं । मकवानपुर जिल्ला ईन्द्रसरोबर गाउँपालिकामा अवैध भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीवार ईन्द्रसरोबर गाउँपालिका–५ बस्ने ६० वर्षीय साङ दोर्जे लामालाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो । 

राति करिब १० बजे प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भिमफेदी  मकवानपुरबाट खटिएको प्रहरी टोलीले लामाको घरमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा एक थान भरुवा बन्दुक फेला परेपछि प्रहरीले बन्दुकसहित लामालाई नियन्त्रणमा लिएको छ । लामामाथि हातहतियार तथा खरखजनासम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।