रास्वपा र राप्रपाको अवरोधकै बीच अघि बढ्यो प्रतिनिधि सभा बैठक


काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकै बीच प्रतिनिधि सभा बैठक अघि बढेको हो ।
रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरिरहँदा सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएका छन् ।