गृहमन्त्री बोलिरहँदा रास्वपाका सांसदहरूले घेरे वेल


काठमाडौं । प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकले बोलिरहेका बेला रास्वपाका सांसदहरूले वेल घेराउ गरेका छन् । रास्वपा र राप्रपाको विरोधका बीच सुरु भएको बैठकमा गृहमन्त्रीले धारणा राखिरहेका बेला रास्वपाका सांसदहरुले वेल घेराउ गरेका हुन् ।
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । आफू लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लडिरहेको भन्दै संवैधानिक निकायको काममा सहयोग गर्ने जिकिर गरे ।
रास्वपा र राप्रपाको अवरोधकैबीच प्रतिनिधिसभा बैठक अघि बढिरहेको छ । रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरिरहँदा सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएका हुन् ।
सभामुख घिमिरेले सुरुमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले समेत बोल्ने समय पाए ।
अहिले गृहमन्त्रीले आफ्ना धारणा राखिरहेका छन् ।