Ad Image

आगामी वर्षका लागि गण्डकी प्रदेशले ल्यायो करिब ३२ अर्ब बजेट

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gandaki-provience.jpg

काठमाडौँ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२\८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री डा. टंकराज गुरुङले बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा चालु खर्चतर्फ १२ अर्ब ६३ करोड (३९.५%), पूँजीगततर्फ १९ अर्ब ९ करोड (५६.७%) र वित्तीय व्यवस्थातर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेशको कुल बजेटमध्ये संघीय सरकारबाट समानीकरण अनुदानमार्फत ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटबाट ९ अर्ब ७९ करोड, सशर्त अनुदान ३ अर्ब ३५ करोड, र रोयल्टीबाट ४९ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, समपूरक अनुदानबाट ६३ करोड र विशेष अनुदानबाट ४९ करोड प्राप्त हुने उल्लेख गरिएको छ । प्रदेश सरकारले ५ अर्ब ४५ करोड रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ ।