पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश


काठमाडौं । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई कानुनबमोजिम बाहेक पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकका तर्फबाट दायर निषेधाको निवेदनमा सुनुवाइ गर्दै सो आदेश जारी गरेको हो । छलफल गर्न अदालतले असार ५ गते दुवै पक्षलाई बोलाएको छ।