Ad Image

आगामी असार १४ गतेदेखि हुने प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kp-oli-bidesh.jpg

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन आगामी असार १४ गते चार दिने भ्रमणका लागि स्पेन जाँदैछन् । उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघमा आबद्ध मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको सहभागिता रहनेछ ।