Ad Image

नेदरल्यान्ड्सले नेपाललाई दियो १५३ रनको लक्ष्य

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sandeep-lamichhane.jpg

काठमाडौं । स्कटल्यान्डमा जारी टि २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत अहिले जारी खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि १५३ रनको लक्ष्य दिएको छ । 

स्कटल्यान्डको टिटउट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५२ रनको योगफल बनाएको हो । 

नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ३७ बलमा एक छक्का प्रहार गदै ३५ रन बनाए ।  त्यसैगरी विक्रमजित सिंहले ३० रन बनाए । उनले २९ बलमा दुई छक्का प्रहार गरे । सकिब जुल्फिकरले २५, माइकल लेभिट २० तथा म्याक्स ओ डाउडले १९ रन जोडे । 

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन यादवले दुई तथा कुशल भुर्तेल र ललित राजवंशीले समान एक एक विकेट हात पारे । अलराउन्डर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले आज नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेका छन् । 

यस सिरिजअन्तर्गत हिजो भएको पहिलो खेलमा स्कटल्याण्डसँग नेदरल्यान्ड्स ३९ रनले पराजित भएको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।