Ad Image

निलो रङको खादा लगाएर संसद भवन पुगे रास्वपा सांसद

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/raswapa nilo.PNG

काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै संसदमा विरोध गर्दै आइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले आज विरोधको शैली परिवर्तन गरेका छन् । मंगलवार रास्वपाका सबै सांसदहरु निलो रङको खादा अर्थात रिबन लगाएर संसद भवन पुगेका हुन् । 

मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीक मानिने भएकाले ‘मानव तस्करी’ को विरोध स्वरुप आफूहरुले निलो रिबन लगाएको उनीहरुको भनाइ छ । विरोधलाई रचनात्मक बनाउन आफूहरुले निलो रिबनको प्रयोग गरेको समेत रास्वपा सांसदहरुले बताए । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउन माग गर्दै रास्वपाले संसद बैठक अवरोध गर्दै आइरहेको छ। रास्वपाले संसदमा नाराबाजी र वेल घेराउ समेत गर्दै आइरहेको छ।

प्रतिनिधि सभाको बैठक केहीबेरमा बस्दैछ।