Ad Image

पहिरोका कारण नारायणढ–मुग्लिन सडकखण्ड अवरुद्ध

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pahiroo.PNG

चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । 

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार आज मध्यान्न १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो । 

उनका अनुसार अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाउन दुई घण्टा बढी लाग्न सक्ने प्रहरी निरीक्षक सिंहको भनाइ छ ।