कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ८ः३० बजे बैठक बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ ।
यसअघि कांग्रेसले पूर्वनिर्धारित बैठक असार १५ गते बस्ने गरी बोलाएको थियो । कांग्रेस पूर्वसांसद ढुण्डिराज शास्त्रीको सोमबार निधन भएपछि त्यसमा शोक प्रस्ताव पारित गर्नेलगायत कार्यसूचीमा छलफल गर्न बैठक बोलाइएको हो ।
शास्त्रीको पार्थिव शरीर बिहीबार बिहान ९ देखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने र त्यहीँबाट शवयात्रा सुरु गरिनेछ । शास्त्री २०४८ र २०५१ सालमा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।