Ad Image

तरलता बढी भएपछि राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब झिक्दै

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Nepal-Rastra-Bank.jpg

काठमाडौं । बजारमा तरलता बढी भएपछि राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो । 

आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुचना मार्फत आहृवान गरेको छ । कममा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।