Ad Image

नेपालमा बाढी आउन सक्ने भन्दै चिनियाँ प्रहरीले दियो जानकारी, सतर्कता अपनाउन आग्रह

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/baadhi-pahiro-flood.jpg

चौतारा । चिनियाँ प्रहरीले सिन्धुपाल्चोक प्रशासनलाई भोटेकोशी नदी भई बग्ने तिब्बत् क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने भन्दै सुरक्षित रहन आग्रह गरेको छ । असार ७ गतेसम्म अत्यधिक वर्षा हुने र बाढी आउन सक्ने सम्भावना रहेको भन्दै चिनियाँ प्रहरीले सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिएको हो ।

भोटेकोशी नदी भई बग्ने तिब्बत् क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने आकलन गरिएको छ । चिनियाँ प्रहरीले जानकारीपछि प्रशासन कार्यालयले त्यस क्षेत्रमा बस्ने स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए । 

उनका अनुसार भोटेकोशी र सुनकोशी नदी आसपास (भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशीरसुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुनसक्ने छ ।

“यही असार ३ गते देखि ७ गतेसम्म छिमेकी राष्ट्र चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत् क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यालयबाट सूचना प्राप्त भएको छ”, प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ “भोटेकोशी र सुनकोशी नदी आसपास (भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशीरसुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुनसक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरूमा सतर्कता अपनाउन अनुरोध छ ।”