Ad Image

नयाँ र वैकल्पिक शक्तिहरूसँग सहकार्य गरेर अगाडि बढ्ने नेसपाको निर्णय

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/nesapa.PNG

काठमाडौं । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)ले नयाँ र वैकल्पिक शक्तिहरुसँग सहकार्य गरेर अगाडि बढ्ने निर्णय गरेको छ । नयाँ शक्तिको राजनीतिक संवाद समितिको बिहीवार बसेको बैठकले नयाँ, वैकल्पिक, प्रगतिशील र लोकतान्त्रिक राजनीतिक दलहरूसँग सहकार्यको पहलकदमी र नेतृत्व लिने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

विद्यमान राजनीतिक गत्यारोध र नागरिक तहमा बढ्दो वितृष्णाको निकास खोज्ने उद्देश्यले बैठक बसेको बताइएको छ । 

उपाध्यक्ष मानुषी यमीले सुशासन, संविधान संशोधन, नागरिकका मुद्दा लगायतमा सरकार उदासीन देखिएकाले नयाँ र वैकल्पिक शक्तिहरूसँग सहकार्य गरेर अगाडि बढ्ने हो कि भनेर निर्णय गरेको जानकारी दिइन् । 

यही नै पार्टीसँग सहकार्य गर्ने भनेर किटान नभएपनि रास्वपा, नाउपा, जपा लगायत दलहरूसँग सहकार्य हुन सक्ने उनको भनाइ छ ।