Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

वृहत्तर जनकपुर परिषदका तत्कालिन कार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

User Image मेयरसाप डेस्क | २०८२ असार १ गते १९:१२
Image of https://mayorsap.com/storage/photos/10/akhtiyar.jpg

काठमाडौं । वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालिन कार्यकारी निर्देशक बलराम ठाकुरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारीसाधन खरिदमा भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।  

मुद्दा दायर हुनेमा तत्कालिन कार्यकारी निर्देशक बलराम ठाकुर, लेखापाल सावित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जिवीराज शर्मा ढुंगाना, कम्प्यूटर अधिकृत कृष्ण मुरारी सिंह, सवारीचालक विक्की कुमार चौधरी, उपभोक्ता समितिका अध्यक्ष विजय कुमार यादव र कोषाध्यक्ष बविता देव साह, ठेकेदार जितेन्द्र कुमार यादव र कार्यकारी निर्देशक बलराम ठाकुरकी श्रीमती इन्दुलेखा कुमारी ठाकुर रहेका छन् । 

श्रीमतीको नाममा खरिद गरेको गाडीको सरकारी कोषबाट भुक्तानी दिएको, यात्री निवासको मर्मतसम्भारका नाममा उपभोक्ता समितिमार्फत रकम हिनामिना गरेको, सौन्दर्यीकरण र गेट निर्माणको नाममा रकम दुरुपयोग गरेको र गाडीको इन्धन र मोबिलका नाममा राज्यकोषको दुरुपयोग गरि ५१ लाख ७१ हजार रुपैयाँ नोक्सान पुर्याएको अख्तियारको आरोप छ । 

 


Facebook Comments