Ad Image

अन्य केटीसँग बोलेको भन्दै सिराहामा प्रेमिकाद्वारा प्रेमीमाथि चक्कु प्रहार

User Image मुकेशकुमार यादव | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/WhatsApp Image 2025-06-19 at 9.37.48 PM.jpeg

सिराहा। सिराहाको गोलबजारमा एक प्रेमिकाले प्रेमीमाथि छुरा प्रहार गरेकी छन्। प्रेमिकाको छुरा प्रहारबाट गोलबजार नगरपालिका १३ घर भई हाल वडा नम्बर ४ बस्ने २४ वर्षीय अशोक कुमार महतो गम्भीर घाइते भएका छन् ।

छुरा प्रहारबाट घाइते भएका युवकको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको छ। छुरा प्रहारका क्रममा आफूपनि घाइते भएकी किशोरीलाई स्थानीय लाईफ लङ्ग अस्पतालमा उपचारपछि जिल्ला प्रहरी कार्यालय सिराहा लगिएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार पछिल्लो केही दिनदेखि ती किशोरी युवकको कोठामा जाने गरेकी थिइन् । आज पनि किशोरी कोठामा पुगेको केही बेरपछि छुरा प्रहारको घटना भएको स्थानीयले बताए ।

किशोरीले प्रेमीले अरु केटीसँग कुराकानी गर्दै आइरहेको र आज आफूमाथि जबरजस्ती गर्न खोजेकाले आफ्नो बचाउको लागि छुरा प्रहार गरेको बताएकी छिन् । किशोरीले युवकको डेरामा रहेको तरकारी काट्ने चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।