Ad Image

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने वातावरण बनाइदिन रास्वपासँग सभामुखको आग्रह

User Image मेयरसाप डेस्क | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/devraj.PNG

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुसँग छलफल गरिरहेका छन् । रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग सभामुख घिमिरे छलफल गरिरहेका हुन् ।

आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । बैठकको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने विषय राखिएको छ ।

प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्दा अवरोध नगर्ने अभ्यास रहेको सभामुखले रास्वपालाई स्मरण गराएका छन् । सभामुखले आफ्नो संघर्षको स्वरुप बदलेर वा स्थगन गरेर प्रधानमन्त्रीले सम्बोधन गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।