Ad Image

कविन्द्र बुर्लाकोटी बने रास्वपा महामन्त्री, मनिष झा प्रवक्ता

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rsp.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहकलाई नै प्रवक्ता र महामन्त्री बनाएको छ । आज बसेको केन्द्रीय समिति बैठकले पार्टीको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई  महामन्त्रीको जिम्मेवारी दिएको हो । रास्वपाले कार्यवाहक हटाएर उनलाई महामन्त्री बनाएको हो ।

मुकुल ढकालमाथि पार्टीले गरेको अनुशासनात्मक कारबाहीपछि बुर्लाकोटीलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी दिइएको थियो । त्यस्तै बैठकले कार्यवाहक प्रवक्ताका रूपमा रहेका मनिष झालाई नै प्रवक्ता बनाएको छ ।  झालाई प्रवक्ताको रूपमा पूर्ण जिम्मेवारी दिने निर्णय भएको छ ।