Ad Image

माइतीघर मण्डलामा रास्वपाको प्रदर्शन, सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै विरोध

User Image मेयरसाप डेस्क | ४ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/raswapa pradashan.PNG

काठमाडौं । पार्टी स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । 

रास्वपाका नेता कार्यकर्ताहरूले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै विरोध समेत जनाएका छन् । उनीहरुले उनीहरुले विभिन्न किसिमका प्लेकार्ड बोकेर प्रतिशोधको विरोध जनाएका हुन् । रास्वपाले माइतीघरमा सभापतिलाई प्रतिशोध राखेर कानुनी झमेलामा फसाएको भन्दै हस्ताक्षर संकलन समेत गरेको छ । सभापति लामिछानेमाथि सरकारले साँधेको प्रतिशोधका विरुद्ध लाखौं हस्ताक्षर संकलन गर्ने उपसभापति स्वर्णिम वाग्लेले बताए । 

पार्टी स्थापना दिवसको अवसरमा ‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवर्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित रास्वपा पार्टीले आजबाट देशव्यापी अभियान सञ्चालन गरेको छ ।