Ad Image

चितवनमा बस र विद्युतीय माइक्रो ठोक्किँदा ७ जनाको मृ*त्यु, १८ जना घाइते

User Image मेयरसाप डेस्क | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/accident5.PNG

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग भएकाे दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । 

धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश१-०१-००१ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको विद्युतीय माइक्रो ठोक्किएर दुर्घटना भएकाे चितवनका प्रहरी प्रमुख गोविन्द पुरीले जानकारी दिए ।

घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।