Ad Image

प्रतिनिधि सभामा रास्वपा र राप्रपाको अवरोध आज पनि कायमै

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/samsad6.PNG

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको आजको बैठकमा पनि अवरोध जारी राखेका छन् । 

शनिवारको बैठकमा बोल्दै रास्वपाकी सांसद सुमना श्रेष्ठले आफूहरूले बेचिएका नागरिकको आवाज उठाएको बताएकी छिन् । राप्रपाकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राखेकी छिन् ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर रास्वपा र राप्रपाले निरन्तर संसद अवरुद्ध गर्दै आएका छन् ।