Ad Image

इजरायल-इरान युद्धकाबीच मुस्लिम देशहरुको संगठन 'ओआइसी'को बैठक बस्दै

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/iran-fm.jpg

इस्तानबुल । इरानको विदेशमन्त्री इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को बैठकका लागि शनिबार इस्तानबुल पुगेका छन् । इरानको तस्निम न्युज एजेन्सीका अनुसार इजरायल र इरानबीच क्षेप्यास्त्र आक्रमण जारी रहँदा करिब ४० जना कूटनीतिज्ञ ओआईसीको सप्ताहान्तमा हुने भेलामा सहभागी हुने छन् ।

अराघचीले शुक्रबार जेनेभामा बेलायत, फ्रान्स र जर्मनीका आफ्ना समकक्षीसँग भेटवार्ता गरेका थिए । “यस बैठकमा इरानमाथि इजरायली आक्रमणको मुद्दालाई इरानको सुझाव अनुसार विशेष रूपमा छलफल गरिनेछ,“ अराघचीले भने । 

इरानले आणविक हतियार विकास गर्न लागेको भन्दै यसलाई रोक्न इजरायलले जुन १३ को बिहानै आक्रमण सुरु गरेको थियो । दुई कट्टर प्रतिद्वन्द्वीबीचको सबैभन्दा खराब मुठभेडमा तेहरानले तत्काल प्रतिशोध लिएको थियो। अराघचीले शुक्रबार इजरायलको ‘आक्रामकता रोकिएमा’ तेहरान फेरि ‘कूटनीतिमा विचार गर्न’ तयार रहेको बताएका छन् ।