Ad Image

रुसले पठाएका ड्रोन र क्षेप्यास्त्रमा पश्चिमा मुलुकका सामान फेला पर्‍यो : जेलेन्स्की

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Zelensky.jpg

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा कम्पनीहरूले रुसलाई हतियार बनाउन प्रयोग हुने ‘उपकरण’ उपलब्ध गराएको आरोप लगाएका छन् । जर्मनी, चेक रिपब्लिक, दक्षिण कोरिया र जापानका कम्पनीका साथै थोरै संख्यामै भएपनि संयुक्त राज्य अमेरिकाबाट पनि हतियार बनाउने उपकरण रूसले लिने गरेको उनले बताए । 

युक्रेनले सन् २०२२ मा आक्रमण गरेयता रुसमाथि प्रतिबन्ध लगाउन र आपूर्ति शृङ्खलामा अङ्कुश लगाउन पर्याप्त कदम नचालेको सङ्केत गर्दै आएको छ र मस्कोले पठाएका ड्रोन र क्षेप्यास्त्रमा पश्चिमा मुलुकका सामान फेला परेको बताएको छ ।

जेलेन्स्कीले भने, “रूसी सङ्घलाई केही पश्चिमा मुलुकबाट मेशिन उपकरण प्राप्त हुन्छ, जुन उनीहरुले हतियार बनाउन प्रयोग गर्छन् । रुसलाई उपकरण आपूर्ति गर्ने अधिकांश कम्पनीहरू चीनका रहेको तर दर्जनौं पश्चिमा कम्पनीहरू पनि दोषी रहेको उनले बताए । 

“हामीले यी सबै जानकारी हाम्रा साझेदार सबै देशहरूलाई गराएका छौँ । हामी सबैलाई यी कम्पनीहरूमाथि प्रतिबन्ध लगाउन जोडदार आग्रह गर्दछौँ,” राष्ट्रपति जेलेन्स्कीले भने ।