Ad Image

अमेरिकाले गर्‍यो इरानको आणविक केन्द्रमा आक्रमण, ट्रम्पले दिए सेनालाई बधाई

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Iran-attack-us.jpg

काठमाडौं । अमेरिकाले इरानमा आक्रमण गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी सेनाले इरानका फोर्डो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा सफलता पूर्वक हमला गरेको बताएका हुन्। ट्रम्पले प्राथमिक साइट फोर्डोमा पूर्ण भारको बमहरू खसालिएको बताएका छन् । इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिसकेका जानकारी पनि उनले दिएका छन् ।

ट्रम्पले भनेका छन्, ‘सवै विमान सुरक्षित तरिकाले आफ्नो घरतिर फर्किरहेका छन् । हाम्रा महान अमेरिकी योद्धाहरुलाई बधाई । विश्वमा यस्तो गर्न सक्ने सेना अरु कसैसँग छैन ।’ उनले अब शान्तिको समय पनि आएको बताएका छन् ।

इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका पनि इरानविरुद्धको आक्रमणमा उत्रिएको हो । इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ। यस क्रममा अहिलेसम्म इरानमा ६५७ जनाको मृत्यु भएको र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ। उता इजरायलमा भने २४ जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी घाइते भएका छन्।