Ad Image

पोखरिया नगरपालिकाका २ जना तत्कालीन कर्मचारी अख्तियारको नियन्त्रणमा

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pokhariya_nagarpalika-parsha.jpg

पर्सा । पोखरिया नगरपालिकामा आर्थिक अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरीका आधारमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई जना तत्कालीन कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

आयोगको टंगालबाट खटिएको टोलीले गत शुक्रबार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायब सुब्बा संदीप साहलाई नियन्त्रणमा लिएको हो । 

उनीहरूलाई पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित प्रतिमा चोक र वडा नं. ३ प्रगतिनगरबाट पक्राउ गरिएको आयोगले जनाएको छ । पक्राउका क्रममा चार थान मोबाइलसमेत बरामद गरिएको छ ।

अख्तियारले पोखरिया नगरपालिकामा विभिन्न योजना स्वीकृति, कर्मचारी नियुक्ति लगायतका कार्यमा अनियमितता भएको भन्ने उजुरीको अनुसन्धान गरिरहेको छ ।

त्यसै सिलसिलामा हालका प्रमुख प्रशासकीय अधिकृत राम बिनय कुमार सिंह र वडा नं. २ का सचिव ओम प्रकाश चौरसियाको साथबाट समेत दुई थान मोबाइल संकलन गरिएको छ ।

अख्तियारका अनुसार उनीहरूमाथि पनि थप अनुसन्धान जारी छ । अख्तियारले मोबाइललगायत अन्य प्रमाणको प्राविधिक विश्लेषण गरी थप कारबाही अघि बढाउने जनाएको छ ।