एईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई रेसुङ्गा नगरपालिकाले एक लाख पुरस्कार दिने


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई आकर्षक नगद पुरस्कार दिने घोषणा गरेको छ ।
नगर प्रमुख खिलध्वज पन्थीले नगरपालिकाको १७ औँ नगर सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको वार्षिक नीति तथा कार्यक्रममा उक्त योजनामा याे याेजना रहेकाे जानकारी दिए ।
नीति कार्यक्रम अनुसार, नगरभित्रका विद्यालयमा अध्ययन गरेर एसईईमा ग्रेड पोइन्ट औसत (जीपीए) ४.० प्राप्त गर्ने विद्यार्थीलाई “नगर प्रमुख शैक्षिक पुरस्कार” अन्तर्गत नगद १ लाख रुपैयाँ प्रदान गरिने पालिकाकाे तयारी छ । पालिकाले सो पुरस्कार प्राप्त गर्ने विद्यार्थीले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ अध्ययन गरेमा, कक्षा १२ को अन्त्यमा थप ५० हजार रुपैयाँ छात्रवृत्ति पनि पाउने नीतिमा उल्लेख छ ।
सामुदायिक शिक्षामा सुधार ल्याउन यस्ताे नीति लिइएकाे पालिकाले जनाएकाे छ ।