धनगढीमा ताल्चा लगाएको कोठाभित्र महिलाको श*व फेला, ह*त्या भएको आशंका


काठमाडौं । धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीमा आफ्नै कोठमा एक महिलाको शव भेटिएको छ । सोमवार बिहान ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा कोठाभित्र ३० वर्षीया रेणु चौधरीको शव भेटिएको हो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी चौधरी बैयाबेहडीमा कोठा भाडामा बस्दै आएकी थिइन् । बाहिरबाट ताल्चा लगाएको अवस्थामा शव भेटिएकाले उनको हत्या भएको हुन सक्ने प्रहरीको प्ररम्भिक अनुमान छ ।
तालिम प्राप्त कुकुरको सहायतामा घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।