Ad Image

रास्वपाको नाराबाजीकाबीच सुरु भयो प्रतिनिधि सभा बैठक

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/samsad6.PNG

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुको नाराबाजीकाबीच प्रतिनिधि सभाको बैठक सुरु भएको छ । रास्वपा सांसदहरुले नाराबाजी गरिरहँदा सभामुख देवराज घिमिरेले बैठक नियमित सन्चालन गरेका हुन् ।

सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु आआफ्नो ठाउँबाट उठेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका सांसद शिव नेपालीलाई बोल्न समय दिए ।

सांसद नेपालीले सरकारले नै मानव तस्करीको र्याकेट चलाउनेलाई संरक्षण गरेको आरोप लगाए । उनले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदमा विरोध जारी रहने समेत बताए । 

सभामुखले बैठकलाई नियमित कार्यसूचीमा प्रवेश गराएपछि रास्वपा सांसदहरुले वेल घेराउ गरेका छन् । राप्रपाका सांसदहरु भने बैठक कक्षबाट बाहिरिएका छन् ।