माओवादीका सांसद जुग्जालीले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रेशम जुग्जालीले प्रदेशसभाको रोष्ट्रमबाटै गण्डकीको वार्षिक विकास कार्यक्रमको किताब च्यातिदिएका छन् । सोमवार भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रममाथि छलफलका क्रममा सांसद जुग्जालीले बजेट पुस्तिका च्यातेका हुन् ।
उनले बजेट मार्फत आफ्नो जिल्लामा अन्याय भएको भन्दै पुस्तक च्यातेका हुन् । सांसद जुग्जालीले अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउने भन्दै विनियोजित बजेटमाथि प्रश्न समेत गरे ।
उनले भने, ‘म्याग्दीको भूगोल थाहा छैन भने मेरै खर्चमा घुमाउँछु । अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउँछु,’ उनले भने, ‘म्याग्दीलाई तपाईंहरुले विनियोजन गरेको साढे ३ करोड रु भौतिक मन्त्री ज्यू मेरो भागमा परेको २ करोड पनि फिर्ता लैजानुस् । २ वर्षसम्म म्याग्दीलाई अन्याय भयो, यो पुस्तक हामीलाई काम छैन । च्यात्न चाहन्छु ।’
उनले गण्डकीको बजेट सगरमाथा हिँड्न खोजेको तर हिन्दसागर तिर पुगेको टिप्पणी गरेका छन् ।