रास्वपाका सांसदद्वय गौतम र ढकालले गरे भारतका पूर्व उपराष्ट्रपति नायडूसँग भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोबिता गौतम र हरि ढकालले भारतका पूर्व उपराष्ट्रपति एम.बैंकैया नायडूसँग भेटवार्ता गरेका छन् ।
प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्न भारतको कर्नाटक राज्यको बंग्लोरमा पुगेका सांसदद्वय गौतम र ढकालले पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता गरेका हुन् ।
भेटमा भारतमा रहेका प्रवासी नेपालीहरूको अवस्था, समस्या, नेपाल–भारत सम्बन्धका विविध आयामहरूबारे छलफल भएको बताइएको छ । भेटमा सांसद गौमतले पार्टीका मुल दृष्टिकोण राजनीतिक उद्देश्य र अभियानका बारेमा पूर्व उपराष्ट्रपति नायडूलाई जानकारी गराएकी छिन् ।
सांसद गौतम र ढकाल कर्नाटकमा आयोजित पार्टीको सभामा सहभागी भएका थिए । सभालाई सम्बोधन गर्दै सांसद गौतमले आगामी निर्वाचनमा सहभागी हुनेगरी तयारी गर्न आग्रह गरेकी छन् ।