Ad Image

कैलाश मानसरोवर गएका विदेशी नागरिकको मृत्यु

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kailash-manasarovar-yatra.jpg

रसुवा । कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

यही असार ७ गते चीनको भूभागमा उनको मृत्यु भएको थियो । मृतक सिंहको शव केरूङदेखि स्याफ्रुबेँसी हुँदै हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।