इरानले कतार र इराकमा रहेको अमेरिकी सैन्य बेसमा गर्यो मिसाइल आक्रमण


काठमाडौं । इरानले कतार र इराकमा रहेको अमेरिकी सैन्य बेसमाथि मिसाइल आक्रमण गरेको छ। अमेरिकी आक्रमणको बदलास्वरुप इरानले सोमबार उक्त सैन्य बेसमाथि आक्रमण सुरु गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
इरानी रिभुलसनरी गार्डले ती दुई देशमा अवस्थित अमेरिकी सैन्य अखडालाई निशाना बनाएका हुन् । कतारमा पछिल्लो केही मिनेटहरुमा विस्फोटका आवाजहरु सुनिएका थिए । कतारमा रहेको अल उदीद एयर बेस मध्यपूर्वमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अखडा हो । यसैबीच कतारले इरान–इजरेलको युद्धका कारण सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अस्थायीरुपमा हवाई उडान बन्द गरेको छ ।