अबको केही समयभित्र इरान र इजरायलबीच युद्धविराम हुँदैछः अमेरिकी राष्ट्रपति ट्रम्प


काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच चाँडै युद्धविराम हुने दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम केही घण्टाभित्र लागू हुने बताएका हुन् । उनका अनुसार पहिला इरानले युद्धविराम सुरु गर्नेछ भने त्यसको १२ घण्टापछि इजरायलले पनि युद्धविराम गर्नेछ ।
त्यसपछि २४ घण्टाको समयावधिमा दुवै पक्षले युद्धको औपचारिक अन्त्यको घोषणा गर्नेछन् । यद्यपि, इरान र इजरायलले युद्धविरामबारे अहिलेसम्म कुनै आधिकारिक बयान दिएका छैनन्।
इरानले आजै कतारमा रहेको अमेरिकी अल–उदेइद हवाई सैन्य अड्डामा १९ वटा मिसाइल प्रहार गरेको थियो। यद्यपि, यस आक्रमणमा कुनै हताहत भएको थिएन । किनभने इरानले आक्रमण अघि नै यसबारे अलर्ट जारी गरेको थियो।