इरानले फेरि हान्यो इजरायलमा मिसाइल, आवासीय भवन ध्वस्त, ३ जनाको मृ*त्यु


काठमाडौं । इरानले इजरायमा फेरि मिसाइल प्रहार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविराम गर्न सहमत भएको दाबीगरिरहेका बेला इरानले इजरायलमा आक्रमण गरेको हो । स्थानीय समयअनुसार मंगलबार बिहान दक्षिण इजरायलको बियर शेभा शहरको एउटा आवासीय भवनमा मिसाइल प्रहार भएको हो ।
टाइम्स अफ इजरायलले बियर शेभामा भएको मिसाइल आक्रमणमा ३ जनाको ज्यान गएको जनाएको छ भने धेरै घाइते भएको उल्लेख गरेको छ। उद्धार टोली घटनास्थलमा पुगेर खोज तथा उद्धार कार्यमा जुटिरहेका जनाएका छन्।
इजरायली सेनाले खतराको संकेत स्वरुप साइरन बजेको स्थानका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रहसमेत गरेको छ । साथै, इजरायली सेनाले आफ्नो हवाई सुरक्षा प्रणालीले सक्रियतापूर्वक काम गरिरहेको पनि जनाएको छ ।