Ad Image

मनोहरा खोलामा हाम*फालेका युवकको सशस्त्रले गर्‍यो उद्धार

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/jump-on-manohora.jpg

काठमाडौं । ललितपुरको च्यासलस्थित मनोहरा खोलामा हामफालेका एक युवकलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बुधबार बिहान ६ बजेर ४० मिनेटमा ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकै हाम्फालेका १८ वर्षीय आयुष बडालको उद्धार भएको हो ।

उनले हाम्फालेको देख्नासाथ एमाले पार्टी कार्यालयको सुरक्षार्थ खटिएको सशस्त्र टोलीले तत्कालै उनको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रपक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनी पुनर्जीवन अस्पताल बालकुमारी उपचाररत थिए ।  उनको अवस्था अहिले सामान्य छ । उनको घर नुवाकोट भएको बताइएको छ ।