Ad Image

भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल ईस्तान्बुल प्रस्थान

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dev.PNG

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल टर्कीको ईस्तान्बुल प्रस्थान गरेका छन् ।  ग्लोबल ट्रान्सपोर्ट कनेक्टिभिटी फोरम २०२५ मा भाग लिन मन्त्री दाहाल नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बिहीवार बिहान ईस्तान्बुल प्रस्थान गरेका हुन् । 

मन्त्री दाहाल जुन २७ देखि २९ सम्म आयोजना हुने समारोहमा भाग लिन ईस्तान्बुल गएका हुन् । समारोहमा मन्त्री दाहालले जुन २७ का दिन भूपरिबेष्ठितबाट भूजडीत प्रयास मार्फत क्षेत्रीय विकासका रणनीतिक अवसरहरूका विषयमा संशोधन गर्नेछन् ।

समारोहमा विभिन्न मुलुकका मन्त्रीहरू, उच्चस्तरीय नीति निर्माता, अन्तर्राष्ट्रिय संस्थाहरू तथा वित्तीय संस्थाहरूका प्रतिनिधिहरू, उद्योग क्षेत्रका अगुवा, निजी क्षेत्र तथा विज्ञहरू सहभागी हुने जनाइएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय यातायात मार्गहरूको विकास तथा अभिवृद्धिमा उच्चस्तरीय छलफल हुने छ ।