नेताहरूमाथि गाली गर्ने रमा बस्नेतलाई धरौटीमा रिहा गर्न आदेश


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र कांग्रेस महामन्त्री गगन थापालाई सामाजिक सञ्जाल टिकटकमा गाली गरेको अभियोगमा पक्राउ परेकी रमालाई काठमाडौं जिल्ला अदालतले ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
विद्युतीय कारोबार ऐनअन्तर्गत जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेपछि न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।
असार १ गते पक्राउ परेकी बस्नेतले गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा राजीनामा नदिएको र रवि लामिछानेलाई प्रमाणबिना दुःख दिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै भिडियो बनाएको बताएकी छन् ।