एसईई नतिजा प्रकाशनको तयारी, बोर्डको बैठक बस्दै


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा चाँडै प्रकाशन हुने भएको छ । एसईईको नतिजा प्रकाशन प्रक्रिया अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसका लागि आज बोर्ड बैठक बोलाइएको छ ।
आज बस्ने बोर्ड बैठकले नतिजा कहिले सार्वजनिक गर्ने भन्ने निर्णय गर्नेछ । बैठक कति बजे बस्ने भन्ने तय नभएपनि आजै बसेर निर्णय हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।
उनले भने, ‘नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा बोर्ड छ । तर बाहिर आएजस्तो आज ५ बजे नै भनेर फिक्स भएको छैन् । बैठकले निर्णय गर्छ ।’ शिक्षकहरुको आन्दोलनले उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएको थियो । यो वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।