वडा कार्यालयद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण


सिरहा । सिरहाको गोलबजार नगरपालिका –१० नम्बर वडा कार्यालयले ५ जना महिला स्वास्थ्य स्वंमसेविकालाई साइकल वितरण गरेको छ। गाउँस्तरमा स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्ने ५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण गरेको हो।
साइकल वितरण कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका उपसभापति दिलीप लामाले स्वास्थ्य स्वयंसेविकाको भूमिकाको प्रशंसा गर्दै वडा कार्यालयले गरेको यस्ता सहयोगले महिला स्वास्थ्य स्वंमसेविकाहरुको हौसला बढ्ने बताए। उनले भने, ‘स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाको भूमिका निकै महत्वपूर्ण हुन्छ। वडाले देखाएको यो कार्यले अन्य वडाका लागि पनि प्रेरणा बन्न सक्छ।’
स्वास्थ्य स्वयंसेविकाहरूको दैनिक सेवालाई सहज बनाउने उद्देश्यले साइकल वितरण गरिएको वडा नम्वर १० का वडा अध्यक्ष उपेन्द्र कुमार मुखियाले बताए। उनले भने, ‘स्वास्थ्य स्वयंसेविकाहरूले घरदैलोमै पुगेर सेवा दिनुपर्छ। उनीहरू पैदल हिँडेर टाढाटाढासम्म पुगिरहेका हुन्छन्। अब साइकल भएपछि उनीहरूलाई काम गर्न सहज हुन्छ।’
साइकल पाएपछि स्वयंसेविकाहरूले खुशी व्यक्त गर्दै अब समुदायको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा पूर्व वडा अध्यक्ष देव नारायण महतो, स्थानीय समाजसेवी, बुद्धिजीवी, महिला स्वास्थ्य स्वंमसेविका, आभारभुत स्वास्थ्य सेवा केन्द्रका कर्मचारीहरू, दलीय प्रतिनिधि र सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।