Ad Image

चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा २ जना घाइते

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Accident1.jpg

चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलमा ग्यास बुलेट र ट्रक एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय प्रविन प्रजा र ग्यास बुलेट चालक भारतको बिहारका ४५ वर्षीय जगदेव यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयलयका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरित दिशाबाट जाँदै गरेको बाप्र ०३–००१ ख ३४१९ नम्बरको ट्रक एकापसमा ठोक्कीएका हुन् । सहचालक प्रजाको चितवन मेडिकल कलेज र यादवको पुरानो मेडीकल कलेजमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।