रास्वपाको संसदीय दलको बैठक शनिवार बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाले शनिवार बिहान ९ बजे सङ्घीय संसद् भवनस्थित संसदीय दल नेताको कार्यकक्षमा बस्नेगरी दलको बैठक बोलाएको हो ।
शनिवार प्रतिनिधि सभा बैठक अघि रास्वपाले बैठक बोलाएर रणनीति बनाउन लागेको हो। रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध र बहिस्कार गर्दै आएको छ।