बुद्धनगरको ‘कडक चिया क्याफे’मा काठमाडौं महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुद्धनगरको ‘कडक चिया क्याफे’मा डोजर चलाएको छ । शुक्रवार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा पर्ने क्याफेको संरचना महानगरले डोजर लगाएर भत्काएको हो ।
क्याफेको संरचना अवैध रुपमा निर्माण भएको, क्याफेका नाममा गैरकानुनी काम गरिरहेको, झैझगडाका कारण स्थानीयबासी समेत आतंकित भएका कारण जोडर लगाएर संरचना भत्काएको महानगरले जनाएको छ । महानगरको अनुमति विना र नक्सा पास विना नै अस्थायी संरचना बनाएर क्याफे चलाएको महानगरको भनाइ छ ।
उक्त क्याफेमा युवाहरुबीच मादक पदार्थ सेवान गरेर झगडा हुने, रक्तपातपूर्ण अवस्था नै सिजर्ना हुने गरेको थियो । कति पटक स्थानीयले जनप्रतिनिधि र प्रहरी समेत बोलाएका थिए । पटक पटक यस्ता घटना भएपछि बुद्धनगर टोल सुधार समितिले काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा वडाध्यक्ष रामकुमार केसीसमक्ष शान्ति कायम गर्न माग गर्दै निवेदन दिए ।
त्यसपछि वडाध्यक्ष केसीले क्याफेका बारेमा बुझ्न नगर प्रहरीलाई पत्रचार गरेका थिए । पत्राचार गरिसकेपछि छानबिन गर्दा उक्त संरचना अवैध ढंगले निर्माण भएको पाइएको हो ।