Ad Image

एसईईको नतिजा सार्वजनिकः ६१.८१ प्रतिशत पास, ४८ हजार १ सय ७७ जना विशिष्ठ श्रेणीमा

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/National-exam-board-NEB.jpg

काठमाडौं । एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ। शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गरेको हो । एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । 

जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् । त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना रहेका छन् भने ८९ हजार १२४ जनाले २.८ देखि ३.२ जीपीए प्राप्त गरेका छन् । २.४ देखि २.८ सम्म ४८ हजार ४७९ ले ल्याउँदा ४ हजार १२६ जना विद्यार्थीले २ देखि २.४ जीपीए पाएका छन् भने ८ जना २ जीपीएभन्दा कम ल्याएका छन् ।

त्यस्तै, १२६ जनाको परीक्षा रद्ध गरिएको छ । गत वर्षभन्दा धेरै विद्यार्थी ग्रेडमा समावेश भएका छन्।  गत वर्ष ४७ प्रतिशत मात्रै ग्रेडमा समावेश भएका थिए। 

 गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसईईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना थिए।