Ad Image

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ८ जना घाइते

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/accident1.PNG

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० स्थित मेलम्ची–भोताङ सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागमती प्रदेश –३–०१–००५ख ९९७६ नम्बरको यात्रुवाहक बस सडकबाट इन्द्रावती नदी किनारमा खस्दा ८ जना घाइते भएका हुन् ।

घाइते हुनेमा पाँचपोखरी थाङपाल गाउँपालिका ६ का अनिल भण्डारी, हेलम्बु चनौटेकी सुस्मिता ज्योती, भोताङकी पेमा लामा, नोर्कि तामाङ,महेश्वर ढकाल चालक,बिनायक ढकाल र धापका रामचन्द्र पौडेल छन् । उनीहरुलाई मेलम्ची नगर अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । घाइतेको मेलम्ची नगर अस्पतालमा सामान्य उपचार पछि अन्यत्र रिफर गर्ने तयारी भइरहेको छ ।

घाइतेमध्ये चालक महेश्वर ढकालको अवस्था गम्भीर रहेको बताइएको छ । 

बसको अगाडिको पट्टा भाँचिएपछि आफै  अनियन्त्रित भई सडकबाट झन्डै ५० मिटर तल इन्द्रावती खोलाको बगरमा खसेको प्रहरीले जनाएको छ ।