Ad Image

बाराको परवानीपुरबाट २ सय १२ किलो गाँजासहित ४ जना पक्राउ

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Arrest-1_DV8Y21Yhja_Z9DwgP4Ka4.jpg

काठमाडौं । बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीबाट २ सय १२ किलो गाँजासहित ४ जना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ आउँदै गरेको प्र.३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा धानको भुस भरेको बोरामा लुकाई ल्याएको उक्त परिमाणको गाँजासहित उनीहरूलाई आज पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–४ पालुङका २८ वर्षीय रवि कार्की, सोही नगरपालिका–१२ टिसटुङका ४६ वर्षीय  वीरबहादुर गोले, हेटौँडा उपमहानगरपालिका–१४ उतरपानीका २३ वर्षीय साजन मुक्तान र धादिङ थाक्रे गाउँपालिका–७ आपसी चोक निवासी ३१ वर्षीय महेश तमाङ रहेका छन् ।