सुनसरीमा मोटरसाइकल दुर्घटनाः बाबु छोरासहित ३ जनाको मृ*त्यु, श्रीमती घाइते


विराटनगर । सुनसरीको रामधुनी नगरपालिकाको चतरा–कान्छी चौक सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एकै परिवारका २ जनासहित ३ जनाको मृत्यु भएको छ । दुर्घाटनमा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
गएराती कान्छी चौकबाट कालाबन्जार तर्फ जाँदै गरेको को ३३ प ९६०५ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नं को अर्को मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबुछोरा सहित ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक रामधुनी ६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका छोरा ९ वर्षीय प्रनिष चौधरी र अर्काे मोटरसाइकल चालक इनरुवा ६ का ५१ वर्षीय बिन्दु यादव रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा मृतक चौधरीको श्रीमती ३२ वर्षीय प्रतीक्षा चौधरी र अर्को मोटरसाइकल पछाडि सवार इटहरी ७ का ३६ वर्षीय रमेश चौधरी घाइते भएका छन् ।
उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । दुवै मोटरसाइकल तीव्र गतिमा भएका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।