Ad Image

शुन्य बेरुजु कायम गरेकोमा महालेखाले गर्यो महाभारत गाउँपालिकालाई सम्मान

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/mahabharat.jpg

काभ्रेपलाञ्चोक । शुन्य बेरुजु कायम गरेकोमा महालेखा परीक्षकको कार्यालयले काभ्रेको महाभारत गाउँपालिकालाई सम्मान गरेको छ। महालेखाको ६७औं वार्षिकोत्सव समारोहमा सार्वजनिक लेखा समितिका सभापतिले अध्यक्ष कान्छालाल तामाङ्लाई सम्मान पत्र प्रदान गरेका छन्।

महालेखाले प्रदेशगत रुपमा सबैभन्दा कम बेरुजु अङ्क कायम गर्न सफल ७ वटा स्थानीय सरकार (४ नगरपालिका र ३ गाउँपालिका) लाई समेत सम्मान गरेको छ। सम्मानित हुनेमा कोशीबाट शोलुदुधकुण्ड नगरपालिका–सोलुखुम्बु, मधेशबाट इशनाथ नगरपालिका–रौतहट, बागमतीबाट मण्डन देउपुर नगरपालिका–काभ्रे, गण्डकीबाट अन्नपूर्ण गाउँपालिका–म्याग्दी, लुम्बिनीबाट पाणिनी गाउँपालिका –अर्घाखाँची, कर्णालीबाट त्रिवेणी गाउँपालिका–सल्यान र सुदुरपश्चिमबाट पञ्चदेवल विनायक नगरपालिका–अछाम रहेका छन्। महालेखा परीक्षकको कार्यालयले पहिलो पटक स्थानीय सरकारलाई उत्कृष्टताको आधारमा सम्मान गर्न शुरु गरेको छ। 

कार्यक्रमका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले स्थानीय सरकारमा लेखा समितिहरु क्रियाशील भएर बेरुजु फर्स्यौटमा तदारुकता देखाउनुपर्ने तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन बनाएर वित्तीय व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न सुझाव दिए। कार्यक्रमका अध्यक्ष महालेखा परीक्षक तोयम रायले यस वर्ष गाउँपालिका राष्ट्रिय महासंघ नेपालको व्यवस्थापनमा २३ जिल्ला र ४ प्रदेशतहमा लेखा परीक्षण प्रवोधिकरण कार्यक्रमको सहजिकरण गरिएको बताए ।