स्वास्थ्य मन्त्री पौडेल अस्वस्थ, वीर अस्पतालको भीभीआईपी वार्डमा भर्ना


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्पताल भर्ना भएका छन् । अचानक ज्वरो आएर अस्वस्थ भएपछि स्वास्थ्य मन्त्री पौडेल शनिवार देखि वीर अस्पताल भर्ना भएका हुन ।
उनको अहिले वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी वार्डमा उपचार भइरहेको छ । मन्त्री पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जनाएको छ।