Ad Image

सङ्घीय निजामती सेवा विधेयक च्यातेर प्रतिनिधि सभाबाट बहिरिए प्रभु साह

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pratinidhi shava.jpg

काठमाडौं। सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि असहमति प्रकट गर्दै आम जनता पार्टीका सांसद प्रभु साहले विधेयक च्यातेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आजको प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेपछि छलफलमा सहभागी भएका साहले विधेयक च्यातेका हुन् ।

मन्त्री गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफलका लागि संसद्‌मा प्रस्तुत गरेका थिए । सो विधेयकमा अमनलाल मोदी, जनार्दन शर्मा, प्रभु साहलगायतले  आफ्नो धारणा राखिसकेका छन्।

उक्त विधेयक तल्लो तहमा कार्यरत कर्मचारीको पक्षमा नभएको भन्दै सांसद साहले विधेयक च्यातेर बैठकबाट बाहिरिएका छन् ।