शौचालय जाने भन्दै हत्कडीसहित भागेका थुनुवा गंगबुबाट पक्राउ


काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका थुनुवा गंगबुबाट पक्राउ परेका छन्। आइतबार थुनछेक बहसका लागि लगिएका चोरी मुद्दाका आरोपित अदालतको शौचालयबाट फरार भएका थिए। फरार भएको केही समयपछि उनलाई हतकडीसहित बालाजु बसपार्कबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।
फरार भएका थुनुवा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- १ घर भई हाल गंगबु बस्ने २१ वर्षीय निराजन ठकुरी भन्ने दशरथ शाही हुन् । अदालतको ४ नम्बर इजलासमा थुनछेक बहस भइरहेका बेला पिसाब लाग्यो भन्दै उनी शौचालय जाने निहुँमा हत्कडीसहित फरार भएका हुन् । उनी चोरी कसुरमा गत जेठ २० गते पक्राउ परेका थिए ।