Ad Image

सुदूरपश्चिमको स्थानीय सेवासम्बन्धी विधेयक प्रमाणीकरण

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Sudurpaschim.jpg

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक आज प्रमाणीकरण गरेका छन् । 

गत जेठ १९ गते प्रदेशसभाबाट पारित भएको सो विधेयकलाई प्रदेश प्रमुख मियाँले प्रमाणीकरण गरेको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीले जानकारी दिए । उनका अनुसार गत असार १२ गते विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख कार्यालयमा पत्र प्राप्त भएको थियो । तीन दिनसम्मको अध्ययनपछि प्रदेश प्रमुख मियाँले विधेयकमा हस्ताक्षर गरेका हुन् । 

यो विधेयकले अब सुदूरपश्चिम प्रदेशभित्रका स्थानीय तहमा कर्मचारी व्यवस्थापन, सेवा प्रवाह र कार्यसम्पादनको स्पष्ट आधार तयार गर्ने अपेक्षा गरिएको छ । सङ्घीयता कार्यान्वयनसँगै कर्मचारीको व्यवस्थापनसम्बन्धी कानुन खाँचो रहेको भन्दै स्थानीय सेवा गठनसम्बन्धी विधेयक प्रदेशसभामा लामो समयदेखि विचाराधीन थियो ।